एजेन्सी, २१ जेठ । सिद्धार्थ मल्होत्रासँगको ब्रेकअपपछि रणबीर कपुरसँग रोमान्समा डुबेकी आलियाको पछिल्लो फिल्म ‘राजी’ हिट भएसँगै उनको करियरले दिनदिनै सफलताको उचाई चुम्दैछ । तर अर्कोतर्फ उनका पूर्व प्रेमी सिद्धार्थ मल्होत्रा भने आफ्नो फ्लप करियरलाई माथि उठाउनका लागि आफ्नो आत्म सम्मानलाई पनि दाउमा राख्न तल्लीन छन् ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार सिद्धार्थले आफ्नो करियरलाई सुधार्नका निम्ति पूर्व प्रेमिका आलियका बुवा महेश भट्ट र काका मुकेश भट्टसँग सहयोग मागेका छन् । उनले भट्ट परिवारसँग उनीहरुको अपकमिङ फिल्म ‘आशिकी ३’ मा आफ्नो लागि लीड हिरोको भुमिका मागेका छन् ।
वास्तवमा आलिया र सिद्धार्थ सम्बन्धमा रहँदा भट्ट परिवारले त्यो जोडीलाई लिएर आशिकी फिल्मको तेस्रो सिक्वेल निर्माण गर्ने इच्छा व्यक्त गरेको थियो तर जोडीको ब्रेकअप भयो । पछि फिल्ममा सिद्धार्थलाई नलिने खबर बाहिर आएको थियो ।
तर अहिले आएर सिद्धार्थको करियरका लागि त्योे फिल्म आवश्यक बनेको छ । उनले त्यसका लागि भट्ट परिवारसँग याचना गरेका छन् । तर यदि आलियाले उनीसँग फिल्म गर्न चाहिनन् भने के भट्ट परिवारले सिद्धार्थमाथि दया बर्षाउलान् त ?
The post ब्रेकअपपछि आलियाको बुवासँग सिद्धार्थले गरे ‘आशिकी’को लागि याचना appeared first on Sajha Post.