Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

विराटसँगको सम्बन्धबारे अनुष्काले मुख खोलिन्, भन्छिन्- अब त … !

$
0
0

anushka-viratमुम्बई, २१ चैत । केही महिनाअघि ब्रेकअप भएर पुन: सम्बन्ध सुधारतर्फ अग्रसर हुँदै गरेका भनिएका भारतीय क्रिकेटर विराट कोहली र बलिउड नायिका अनुष्का शर्माबीच दुरी कम हुने सम्भावना न्यून देखिएको छ ।

केही दिनअघि विराटले ट्वीटरमार्फत अनुष्काको बचाउ गर्दै प्रसंसासमेत गरेपछि सम्बन्ध सुधार हुन लागेको अड्कल काटिएको थियो । तर अनुष्काले यसलाई खारेज गरिदिएकी छन् ।

अनुष्काले आफू सिंगल स्टाटसमा नै रामाउने प्रष्ट पारेकी छन् । भारतीय मिडियाअरुका अनुसार अनुष्काले भनेकी छन्- ‘अब विराटसँग प्याचअपको कुनै गुञ्जायस छैन । म सिंगलनै ठीक छु ।’

विराटले ट्वीटरमा ‘अनुष्काबारे नकारात्मक टिप्पणी गर्नेहरुलाई लाज लाग्नुपर्ने हो । उनले जहिलेपनि मलाई सकारात्मक उर्जा प्रदान गर्छिन् ।’ लेखेपछि यी दुईबीच ब्रेकअप नै नभएको चर्चा चलेको थियो ।

विराट र अनुष्काबीच ब्रेकअप नै नभएको र दुवै व्यस्त रहेकाले सहमतिमै केही समयका लागि टाढा रहेको भन्ने आसयसहितका खबर आउन थालेपछि अनुष्काले त्यसलाई खारेज गरिदिएकी हुन् ।

The post विराटसँगको सम्बन्धबारे अनुष्काले मुख खोलिन्, भन्छिन्- अब त … ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles