Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अरिजितले सलमानका लागि कहिल्यै गीत नगाउने

$
0
0

एजेन्सी, ११ जेठ । बलिउड अभिनेता सलमान खानसँग जो कोहीले रिसिबी लिन चाहँदैन । तर, सलमानसँग रिसिबी लिनेलाई उनले कहिल्यै माफ गर्दैनन् । त्यस्तै केही समयअघि सलमान र अरिजितबीच भएको विवाद अझै पनि बलिउडमा चर्चा छ । यसैकारण अरिजितले भविष्यमा सलमानको गीत आफुले नगाउने कमस खाएको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

अरिजित सलमानको ‘ब्याड लिस्ट’मा समावेश भएका गायक हुन् । अरिजितले सामाजिक सञ्जाल फेसबुकमा सलमानसँग माफी मागेका थिए । तरपनि, उनको मन पग्लिएन । अरिजितले एक अन्तर्वार्तामा त सलमानको घरमा गएर नै माफी माग्ने बताएका थिए । किन अरिजित सलमानसँग माफीको भिख मागिरहेका छन् ?

सलमानले फिल्ममा अरिजितको ठाउँमा पाकिस्तानी गायक राज फतेह अली खानसँग गीत रेकर्ड गराएपछि अरिजितको दिल पुरै टुटेको छ । सोही कारण अरिजितले अब सलमानको फिल्ममा गीत नगाउने प्रण गरेका छन् ।

The post अरिजितले सलमानका लागि कहिल्यै गीत नगाउने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles