Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सुजैन खानको कारण अर्जुन रामपालको वैवाहिक जीवन धरापमा

$
0
0

एजेन्सी, ४ जेठ । बलिउड अभिनेता अर्जुन रामपालको वैवाहिक जीवन फेरी एकपटक खतरामा परेको छ । अर्जुनले श्रीमती मेहर जेसिया र छोरी माहिका र माहिरालाई छोडेर घरबाट निस्किएको खबर आएको छ । ‘स्पटब्वाई’ को खबर अनुसार अभिनेता ऋतिक रोशनकी पूर्व श्रीमती सुजैन खानसँग बढ्दो सम्बन्धका कारण अर्जुनको पारिवारिक सम्बन्ध धरापमा परेको हो ।

मिडियाहरुको खबर अनुसार अर्जुन र मेहरले आफ्नो सम्बन्धलाई सुधार्न दुई छोरीहरुको साथमा धेरैपटक घुमघामका लागि निस्किएको, एकसाथ समय बिताएको तर स्थितिमा कुनै सुधार नआएको बताइएको छ ।

पछिल्लो एक पार्टीमा मेहर र सुजैनबीच ठूलो झगडा भएको थियो । दुबैबीच वाक् युद्ध चलेको थियो । आधा घण्टासम्म बहस चलेपछि मेहरले पार्टी छोडेर हिँडेकी थिइन् ।

मिडियाका खबर अनुसार अर्जुन र सुजैनको कथित अफेयरका कारण ऋतिक र सुजैनबीच सम्बन्ध बिच्छेद भएको थियो । अर्जुन र मेहरकबीच १९९८ मा विवाह भएको थियो । १९८६ मा मेहर मिस इन्डियाको लागि चुनिएकी थिइन् ।

The post सुजैन खानको कारण अर्जुन रामपालको वैवाहिक जीवन धरापमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles