एजेन्सी, २ जेठ । एक समय यस्तो थियो सलमान र ऐश्वर्या एकअर्काप्रति ज्यान दिन तयार थिए । ‘हम दिल दे चुके सनम’को सेटबाट यी दुई नजिकिएका थिए ।
सलमान खानको ओभर पोसेसिव नेचरका कारण यी दुईबीच झगडा तथा मारपीट हुन थाल्यो । र यी सम्बन्ध टिक्न सकेन ।
अक्षय कुमारको नाम धेरै अभिनेत्रीसँग जोडिने गर्छ । तर अक्षय शिल्पा शेट्टीसँग साँचो प्रेममा परेका थिए । यी दुईको केमेस्ट्री निकै लोभलाग्दो थियो । र यी दुईले ‘इन्गेज्मेन्ट’ पनि गरेको थिए । तर अक्षयले शिल्पालाई छोडेर ट्विकंल खन्नासँग बिहे गरे ।
जोन अब्राहम र बिपाशा बसु सुपरहिट जोडीमा गनिन्थे । उनीहरुको सम्बन्ध ९ सालसम्म रह्यो । साथै यी दुई लिवइन पनि धेरै धेरै समय रहे । तर अन्तमा गलत समाचारको कारण सम्बन्ध ट्ट्यो र बिपाशाले करण सिंह ग्रोवरसँग बिहे गरिन् ।
शाहिद कपूर र करीना कपूरको जोडी बलिउडमा सबैभन्दा ‘परफेक्ट’ जोडीको रुपमा थिए । सन् २००४ सालमा उनीहरु एकअर्कासँग नजिकिए । यी दुवैको परिवारलाई पनि यो सम्बन्धको बारेमा कुनै गुनासो थिएन तर जब वि मेट फिल्मको शुटिङपछि यी दुई एकअर्कासँग टाढा भए । र करीनाले सैफ अली खान र शाहिदले मीरा राजपूतसँग बिहे गरे ।
The post चर्चित बलिउड कलाकारको अधुरो प्रेमयात्रा appeared first on Sajha Post.