Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

अमिताभ बच्चनको मिडियासँगको त्यो लडाईँ

$
0
0

काठमाडौँ, २८ वैशाख ।  बलिउडका महानायकका रुपमा परिचीत अमिताभ बच्चन ६ दशक देखि अभिनय कलामा रहेका छन् । उनले आफ्नो करिअरमा धेरै उतारचढाब देखेका छन् । जिन्दगीमा कठोरभन्दा कठोर दिन देखेका उनी सबैको कुराको दोष आफैले गरेको निर्णयलाई दिन्छन् ।

सन् २००० पश्चात उनका दिनहरु निकै कष्ठकर चलेका थिए । उनी यति ऋणमा डुबेका थिए कि उनी जस्तो फिल्म पाए नी खेल्न तयार रहेका थिए । तर, उनको भाग्य एक्सासी स्टार प्लसको सो ‘कौन बनेगा करोडपति’ कार्यक्रम पश्चात चम्कियो ।

सन् १९७५ मा अमिताभ बच्चनको मिडियासँग ठुलो लडाइ परेको थियो । यो लडाई करिब १५ वर्षसम्म चल्यो । फिल्म म्यागाजिन ‘स्टारडस्ट’ ले अमिताभलाई लिएर विभिन्न आर्टिकल छापेको थियो । जसका कारण उनी मिडियासँग निकै रिसाएका थिए । अमिताभले म्यागाजिन बन्द समेत गराउने प्रयास गरेका थिए । यसका कारण धेरै मिडिया उनीसँग रिसाएका थिए । त्यसपश्चात उनलाई मिडियाले कभर गर्न नै छोडिदिए ।

The post अमिताभ बच्चनको मिडियासँगको त्यो लडाईँ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles