एजेन्सी, २६ वैशाख । बलिउड अभिनेत्री सोनम कपुरको रिसेप्शन पार्टीमा दिग्गज स्टारहरु उपस्थित भएका छन् । रिसेप्शन हलको दृश्य हेर्न लायक थियो । त्यहाँको हेर्न लायक र ध्यान केन्द्रित गर्ने दृश्य नव विवाहिता अभिनेत्री सोनम र उनका श्रीमान् आनन्द आहूजाबाहेक ती स्टारहरु थिए, जो कुनै समय चर्चित लभ बर्डकारुपमा चिनिन्थे र अहिले एक अर्कासँग कुनै सम्बन्ध नै राख्दैनन् ।
त्यस्ता पाँच पूर्व प्रेमिल जोडीहरु सोनमको रिसेप्सनमा देखा परे, जो एउटै छाना मुनी आफ्नै पार्टनरसँग पार्टीको आनन्द उठाइरहेका थिए ।
यस अघि बिपशा बासुको रिसेप्शनमा ऐश्वर्या रायलाई अभोएड गर्न पार्टीमा ढिलो पुगेका सलमान खानले सोनमको रिसेप्शनमा पनि त्यहीँ फर्मुला दोहोर्याएका छन् । तर भारतीय मिडियाहरुकाअनुसार सलमान पार्टीमा पुग्दा ऐश्वर्या राय पनि त्यहीँ उपस्थित थिइन् ।
त्यस्तै श्रीमतीसँग रमाइलो गरिरहेको अभिषेक बच्चनको रमाइलो मुड तब परिवर्तन भयो, जब उनले एकैपटक आफ्नी दुई पूर्व प्रेमिकाको पार्टीमा एकैपटक सामना गर्नुपर्यो । सोनमको रिसेप्शनमा अभिषेककी दुवै पूर्व प्रेमिका रानी मूखर्जी र करिश्मा कपुर उपस्थित थिए ।
पार्टीमा कुनै समयमा चर्चित लभबर्ड रणबीर कपुर र कटरीना कैफ पनि उपस्थित थिए । रणबीर कपुर आलिया भट्टसँग देखा परे भने कटरीना पनि सलमान खानसँग अंगालो मारेर ब्रेकअपको पिडाबाट बाहिर आएको संकेत दिइरहेकी थिइन् ।
रणबीर कपुरभन्दा अघि सिद्धार्थ मल्होत्रासँग नाम जोडिएकी आलिया भट्ट र जैकलिन फर्नान्डिजसँग व्यस्त सिद्धार्थ पनि सोनमको रिसेप्शनको पार्टीमा झुमिरहेका थिए ।
श्रीमती मिरा राजपूतसँग सोनमको रिसेप्शनमा पुगेका शाहिद कपुर र श्रीमान् सैफ अलि खानसँग पार्टीको आनन्द लिइरहेकी करिना कपुरबीच आमनेसामने भएको थियो ।
The post सोनम कपुरको रिसेप्शन पार्टीमा यसरी आमने सामने भए बलिउडका पाँच एक्स कपल appeared first on Sajha Post.