एजेन्सी, २४ वैशाख । रिलायन्स उद्योगका अध्यक्ष मुकेश अम्बानीकी छोरी इशा अम्बानी चाँडै नै व्यापारी अजय परिमलका छोरा आनन्द पिरामलसँग विवाह बन्दनमा बाँधिदैछिन् । विवाहको मिति अहिलेसम्म निश्चित भएको छैन तर इशाको विवाह उनको जुम्ल्याहा दाजु आकाश र उनकी प्रेमिका श्रोका मेहेताको भन्दा अघि हुने सम्भावना छ ।
लामो समयदेखि साथी रहेका आनन्दले इशालाई यसै सप्ताहन्तमा महाबलेश्वर मन्दिरमा विवाहको प्रस्ताव राखेका थिए । उक्त अवसरलाई जोडी र उनीहरुको परिवारले एकैसाथ मनाएका थिए ।
हारभर्ड विजनेस स्कुलबाट ग्रेडुएट गरेका आनन्द हाल परिमल इन्टरप्राइजेजका कार्यकारी निर्देशकका रुपमा काम गरिरहेका छन् ।
आनन्दले पेनिनसेल्भानिया विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक तह उतिर्ण गरेका छन् भने हारभर्ड विश्वविद्यालयबाट बिजनेश एडमिनिसट्रेशनमा स्नातहकोत्तर उत्तीर्ण गरेका छन् । भारतिय व्यापार चेम्बर युथ विङका आनन्द सबैभन्दा कम उमेरका अध्यक्ष रहिसकेका छन् ।
इशा रिलायन्स जियो र रिलायन्स रिटेलको बोर्डमा छिन् । उनले याले युनिभर्सिटिबाट मनोविज्ञान तथा दक्षिण एसियाली अध्ययनमा स्नातक तह उतिर्ण गरेकी छिन् भने व्यापार प्रशासनमा स्नातहकोत्तर पूरा गर्दैछिन् ।
The post मुकेश अम्बानीको छोरी इशाको यस्तो छ प्रेम सम्बन्धको नालीबेली appeared first on Sajha Post.