Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

​अदालतमा हाजिर हुन सलमान जोधपुर

$
0
0

२३ वैशाख । जमानतमा छुटेका बलिउड नायक सलमान खान अदालतमा हाजिर हुन जोधपुर पुगेका छन् ।

गत अप्रिल ७ मा जमानतमा रिहा भएका रिहाहुनुअघि दुई रात जेलमा बसेका थिए ।

अघिल्लो महिना पाँच वर्षको जेल सजाय सुनाइएका सलमान धरौटीमा रिहा भएका थिए ।

जोधपुरको अदालतमा सोमबार सलमानले आफूमाथिको सजायविरुद्ध अपिल गर्नेछन् भने सलमानका वकिलले फैसला रोक्का गर्न यसअघि नै अपिल दायर गरेका थिए ।

सलमानलाई चलचित्र ‘हम साथ साथ हैं’ को सुटिङका बेला कृष्णसार मारेको अभियोग पुष्टि भएपछि जोधपुरको अदालतले पाँच बर्ष जेल सजाय सुनाएको हो ।

The post ​अदालतमा हाजिर हुन सलमान जोधपुर appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles