Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ट्रम्पपछि म्याक्रोनको पालो, प्रधानमन्त्री पत्नीलाई ‘स्वादिष्ट’भनेपछि …

$
0
0

एजेन्सी, २२ वैशाख । केही समय अघि पेरिस यात्राको दौरानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा नितान्त व्याक्तिगत टिप्पणी एकदमै विवादस्पद बनेको थियो । ट्रम्प फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनकी श्रीमती ब्रिगिट म्याक्रोनको तारिफ गरेर विवादमा फसेँका थिए । फ्रान्सबाट फर्कने समयमा विदा लिँदै ट्रम्पले ब्रिगिटको हात पकडेर भनेका थिए, ‘तपाईको बनावट एकदमै राम्रो छ, सुन्दर ।’

अहिले त्यही नियति घुमेर फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको टाउकोमा आएको छ । वास्तवमा अष्ट्रेलियाको यात्रामा निस्किएका म्याक्रोनको बोली चिप्लिएपछि उनी विवादमा परेका हुन् । उनले अष्ट्रेलियाली प्रधानमन्त्री मेल्कम टर्नबुलकी श्रीमतीलाई ‘डिलिशियस’ भनेका छन् । उनको त्यस्तो भनाईले सामाजिक सञ्जालहरुमा विभिन्न टिप्पणीहरुको बाढी ल्याएको छ । कसैले त्यसलाई स्वभाविक भनेका छन् भने कतिपायले त्यसलाई फ्रान्स पाक कला भन्दै मजाक उडाएका छन् ।

अष्ट्रेलियामा एक संयुक्त पत्रकार सम्मेलनमा टर्नबुलको स्वागतलाई धन्यवाद दिदैँ उनले भने,‘म मेरो स्वागतका लागि तपाईलाई धन्यवाद दिन चाहन्छु । यस्तो सक्रिय स्वागतका लागि तपाई र तपाईकी डिलिसियस श्रीमतीलाई धन्यवाद ।’ यस्तो अभिव्याक्तिपछि सामाजिक सञ्जालमा सामान्य प्रतिक्रियाहरु आउन शुरु भैरहँदा अष्ट्रेलियाली मिडियाले भने म्याक्रोनको त्यस प्रकारको टिप्पणीको कारण जान्न चाहिरहेको छ ।

केही मानिसहरु अंग्रेजी बोलीरहने म्याक्रोनको बोली फुस्किएर उनले फ्रेन्च शब्द ‘डिलिशिया’को गलत उच्चरण गरेका हुन् कि भन्ने अड्कल काटेका छन् । फ्रेन्च भाषामा डिलिशियाको अर्थ मनोहर हुन जान्छ । केहीले म्याक्रोनको भनाई डोनाल्ड ट्रम्पको भनाईको पेरोडी भएको भन्दै भद्दा मजाक बनाएका छन् ।

The post ट्रम्पपछि म्याक्रोनको पालो, प्रधानमन्त्री पत्नीलाई ‘स्वादिष्ट’ भनेपछि … appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles