एजेन्सी, २१ वैशाख । वलिउड अभिनेत्री सोनाम कपुरको विवाहको खबरहरुले अहिले वलिउड नगरी तात्तिएको छ । यस समय सञ्चार माध्यमहरु सोनामको फ्यानहरुलाई उनको विवाहबारे प्रत्येक क्षण अपडेट गराइरहेको छ । आठ मेमा सोनामको विवाह भारत बाहिर हुने तयारी छ । मिडियामा सोनमबारे सुखद समाचारहरुको बाढी आइरहँदा एकाएक एउटा अचम्मको खबर आएको छ ।
फिल्म क्षेत्रमा आउनु अघि सोनमको तौल ९० केजी भएको धेरै कमलाई थाहा छ । तर कडा मेहेनतपछि उनले आफ्नो फिगरलाई मेनटेन गर्न सफल भइन् । वास्तवमा उनी मधुमेहबाट ग्रसित छिन् । आफ्नो मधुमेहलाई नियन्त्रण गर्न सोनम आफ्नो डाइटमा एकदमै इमानदार छिन् ।
विवाहको अलावा सोनम अहिले आफ्नो अपकमिङ फिल्म ‘विरे दी वेडिङ’ को तयारीमा छिन् । उनले आफ्नो रोगबाट मुक्ति पाउन शुटिङको व्यस्त सेड्युलको बावजूद पनि आफ्नो याेग र शारीरिक अभ्यासलाई त्यागेकी छैनन् ।
The post विवाह नजिकिँदै गर्द वलिउड अभिनेत्री सोनम कपुरको रोगबारे अचम्मको खुलासा appeared first on Sajha Post.