मुम्बई, १७ वैशाख । तपाईंलाई मन पर्ने सेलिब्रेटीले कति पढेका होलान् ? हुन् त औपचारिक अध्ययन नै ज्ञान नाप्ने सम्पूर्ण मापदण्ड होइन, तर पनि मानवीय अभिरुचि भइहाल्छ । यहाँ सबैभन्दा कम पढेका केही बलिउड अभिनेत्रीको अध्ययनबारे जानकारी प्रस्तुत गरिएको छ, जसले तपाईंलाई आश्चर्यचकित बनाउन सक्छ ।
तपाईंलाई मनपर्ने कयौं सेलिब्रेटीहरुले औपचारिकरुपमा पढेलेखेका नै छैनन् । यद्यपि, उनीहरुले उन्नतिप्रगति गर्दै दर्शकको मनमुटुमा बस्न सफल छन् । यीमध्ये कतिले कलाकारितामा लाग्दालाग्दै पढाई नै छाडिदिए । नेपालमा सदाबहार नायिका करिष्मा मानन्धर अहिले माध्यमिक तहमा अध्ययनरत छिन् । उनले पनि कलाकारितामा लाग्दा पढाई छाडेकी थिइन् ।
बलिउडमा पनि धेरैको यस्तै कहानी छ । कसैले कलाकारितामा लागेर पढाई छाडेका छन् भने कतिले पछि पढाईलाई निरन्तरता दिएका छन् । विभिन्न भारतीय मिडियामा प्रकाशित सामग्रीका अनुसार यस्तो बलिउड स्टारको पढाई-
करिष्मा कपुर- कक्षा ६
काजोल – १० कक्षा
प्रतिक बब्बर – १० कक्षा
अक्षय कुमार – ११ कक्षा
अर्जुन कपुर – ११ कक्षा
सलमान खान – १२ कक्षा
आमिर खान – १२ कक्षा
दीपिका पादुकोण – १२ कक्षा
प्रियंका चोपडा – १२ कक्षा
करिना कपुर – १२ कक्षा
The post बलिउडका सेलिब्रेटीः कसले कति पढेका छन् ? appeared first on Sajha Post.