Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ऐश्वर्याकाे जीवनमा जाेडिएका पुरूषहरू

$
0
0

एजेन्सी, १५ वैशाख । सौन्दर्यताको नाम लिनेवित्तकै बलिउड नायिका तथा विश्वसुन्दरी ऐश्वर्या रायको नाम अगाडि आउने गर्छ । सन् १९९४ मा विश्वसुन्दरीको ताज पहिरिएकी ऐवश्वर्याले वच्चन परिवारमा अभिनेता अभिषेक बच्चनसँग सम्बन्ध गाँसेर सुखमय जीवन व्यतित गिररहेकी छिन् ।

उसोतः विगतका ती पूरुषहरुको नाम जोडिएका कारण उनको वैवाहिक जीवनमा असर त नपर्ला तर पनि बलिउड नायक बच्चनसँगको वैवाहिक जीवनमा बाँधिनुपूर्व ऐश्वर्याको जीवनमा अन्य पुरुषहरुको नाम पनि जोडिएको थियो ।

सलमान खान
नायक सलमान खान र ऐश्वर्याको सम्बन्ध हिन्दी फिल्म इतिहासमा चर्चित छ । उनीहरूबीचको प्रेम कहानीले केही समय मिडियामा निकै नै ठाउँ पायो । सन् १९९९ तिर सञ्जयलीला भन्सालीले निर्माण गरेको फिल्म ‘हम दिल दे चुके सनम’को सुटिङबाट नजिकिएको यो जोडी चर्चित प्रेम जोडी बन्न पुगेको हो ।

झण्डै दुई वर्षसम्म चलेको उनीहरूबीचको प्रेम सम्बन्ध निकै गाढा बन्न पुग्यो । यतिसम्मकी ऐश्वर्या आफूबाट अरु कुनै अभिनेतासँग फिल्म खेले सलमानलाई रिस उठ्न थाल्यो । सलमा आफूबाहेक ऐश्वर्यालाई अरूसँग देख्नै चाहेनन् । सलमाको यस्तो व्यवहारबाट व्यक्तिगत जीवनमा र आफ्नो पेशमा समस्या पर्ने भन्दै ऐश्वर्याले सलमानलाई छाडिदिइन् । सलमानले प्रेम त गरे ऐश्वर्यालाई तर सट्टामा दर्द पनि दिए । त्यसैले पनि बलिउडमा अहिलेसम्म विवाह नगरेका हुन् सलमानले भन्ने बलिउडमा अहिले पनि चर्चा चल्छ ।

राजीव मूलचन्दानी
राजीव मुलचन्दानीसँग ऐश्वर्याको सम्बन्धको विषय त्यो वेलाको हो, जतिखेर उनी मोडलिङ गर्थिन् । राजीव पनि मोडल नै थिए । सुटिङका क्रममा उनीहरूबीच चिनाजानी भएको थियो । सम्बन्ध घनिष्ठ रूपमा विकास भयो । पछि, राजीव ऐश्वर्याको प्रेमीका रूपमा चर्चामा रहे । यही समयमा राजीव र मनीषा कोइरालाको सम्बन्धलाई लिएर पनि चर्चा हुन्थ्यो । पछि, ऐश्वर्या र राजीवको सम्बन्ध टुट्यो ।

विवेक ओबराय
सलमानसँग सम्बन्ध टुटेपछि ऐश्वर्या निकै तनावमा थिइन् । त्यतिखेर उनी विवेक ओबरायसँग सँगै काम गरिरहेकी थिइन् । यही परिस्थितिबीच उनीहरूको सम्बन्ध निकट रहन गयो । विवेक र ऐश्वर्याको सम्बन्धको चर्चा चल्न थालेपछि सलमानलाई असह्य भयो । सलमानले विवेकलाई धम्क्याए पनि । विवेकले पत्रकार सम्मेलन गरेर यो सबैबारे सार्वजनिक गरेका थिए । विवेक ऐश्वर्यालाई आफ्नो बनाउन चाहन्थे तर ऐश्वर्या विवेकलाई साथी मात्रै ठान्थिन् । त्यसैले उनीहरुबीको सम्बन्ध दिगो हुनसकेन ।

अभिषेक बच्चन
‘गुरु’ र ‘उमराव’ यो जोडीले सँगै काम गरेका फिल्म हुन् । यसै क्रममा अभिषेक ऐश्वर्यासँग आकर्षित भएका थिए । टोरन्टोमा भएको ‘गुरु’को प्रिमियरका बेला अभिषेकले ऐश्वर्यालाई प्रेम प्रस्ताव गरेका थिए । उनले पनि तुरुन्तै स्विकारिन् । सायद, ऐश्वर्या एक्लो जीवनमा कसैको साथ खोजिरहेकी थिइन् ।
२० अप्रिल २००७ मा उनीहरूले बिहे गरे । उनीहरुको एउटी छोरी अाराध्या पनि छिन् । हाल ऐश्वर्या सुखी दाम्पत्य जीवन जिइरहेकी छिन् । उनी छोरी आराध्यालाई खेलाउन अनि बच्चन परिवार सम्हाल्नमै मस्त छिन् । व्यावसायिक र व्यक्तिगत जीवन सन्तुलनमा राख्न उनी सफल छिन् ।

The post ऐश्वर्याकाे जीवनमा जाेडिएका पुरूषहरू appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles