नयाँ दिल्ली, १ बैशाख । भारतीय चलचित्र उद्याेगमा हास्य कलाकारका रूपमा परिचित राजपाल यादवलाई ठगी मुद्दामा अदालतले दोषी ठहर गरेको छ । दर्शक श्राेतालार्इ पर्दामा सँधै हसाउँने यादवले वास्तविक जीवनमा भने कसैकाे पैसा ठगी गरेकाे पर्दाफास भएकाे हाे ।
यादवले एक व्यापारीकाे पाँच कराेड रूपैयाँ ऋण लिएर फिर्ता नगरेपछि यादवलार्इ जेलकाे चिसाे हावा समेत खानु परेकाे थियाे । हाल नयाँ दिल्लीको करकरडोमास्थित अदालतले यादवमाथि पाँच करोड भारतीय रुपैयाँ ठगी गरेको आरोपमा दोषी ठहर गरेको छ ।
राजपालले सन् २०१० एक व्यापारीसँग फिल्म ‘अता पता लापता’ निर्माण गर्न दिल्लीका एक व्यापारीसँग पाँच करोड रुपैयाँ भारतीय रुपैयाँ लिएका थिए । चलचित्र निर्माणपछि प्रदर्शन पनि भयो, तर यादवले पैसा फिर्ता नदिएपछि ती व्यापारीले उजुरी गरेका थिए ।
यादवलाई पटक पटक अदालतमा उपस्थित हुन पत्र काटिँदासमेत उनी अदालतमा उपस्थित नभएको बताइएको छ । यहि मुद्दामा सन् २०१३ मा दिल्लीस्थित उच्च अदालतले यादवलाई १० दिन न्यायीक हिरासतमा राख्ने आदेश समेत दिएको थियो ।
शुक्रबार यादवसँगै उनकी पत्नी तथा उनीहरुको कम्पनीलाई पनि दोषी ठहर गरिएको छ । राजपाललाई सजायको फैसला भने आगामि अप्रिल २३ मा आउनसक्ने बताइएको छ ।
The post राजपाल यादवलाई ५ करोड ठगी मुद्दामा दोषी ठहर appeared first on Sajha Post.