Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

डिपिएल : धनगढीद्वारा काठमाडौंलाई १८२ रनको लक्ष्य

$
0
0


धनगढी, ३० चैत । धनगढीमा जारी रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको फाइनल खेलमा टिम चौराह धनगढीले काठमाडौं गोल्डेन्सलाई १८२ रनको विजय लक्ष्य दिएको छ ।

प्रदेश नं ७ को संघीय एकाइ प्रहरी कार्यालयको खेल मैदानमा भइरहेको खेलमा धनगढीले टस जितेर ब्याटिङ गर्ने निर्णय ग¥यो । निर्धारित २० ओभरको खेलमा धनगढीले चार विकेट गुमाउँदै १८१ रन बनायो ।

धनगढीका लागि सुनिल धमलाले ७८ तथा रोहन मुस्तफाले ६० रनको योगदान दिए । धमलाले ६३ बलमा तीन छक्का र आठ चौका प्रहार गरे । मुस्तफाले ४२ बल खेल्दै चार छक्का र चार चौका हाने । सोमपाल कामीले अविजित रहँदै आठ रन बनाए ।

बलिङतर्फ काठमाडौ‌ंका लागि सुबोथ भाटीले दुई तथा सन्नी पटेलले एक विकेट लिए ।

अहिले काठमाडौं गोल्डेन्स १८२ रनको विजय लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको छ । रासस

The post डिपिएल : धनगढीद्वारा काठमाडौंलाई १८२ रनको लक्ष्य appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles