काठमाडौं, २६ चैत । एकपछि अर्को म्यूजिक भिडियो पस्कँदै आएका रोजल थापा निर्देशित ‘तिमी गयौं ‘ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
लोकेन्द्र राईको स्वर रहेको गीतमा यमन सुवेदीको शब्द र राम सिटौलाको संगीत सुन्न सकिन्छ । गीतले प्रेमभाव बोल्छ ।
रोहित बस्नेत र दीना घिमिरे फिचर गीतमा यी दुई एकअर्काको साथ बिना बाँच्न नसक्ने कुरा गर्दैछन् । भिडियोमा यो कपलको केमेष्ट्री कमालको देखिएको छ । रोहितको यो पहिलो अभिनीत भिडियो हो ।
विरेन्द्र भट्टको छायांकन, श्याम कुँवरको सम्पादन रहेको भिडियोमा मेघराज मगरातीले ड्रोन चलाएका छन् ।
The post दीना र रोहितको रोमान्स, दुख्यो छाती चस्स…चस्स…(भिडियोसहित) appeared first on Sajha Post.