फाइल फाेटाे
काठमाडौं, २६ चैत। सलमान खान दबङ टूर नामक सोको लागि जेठ १२ नेपाल आउने भएका छन् । गत महिना विम्पव माओवादीको धम्कीका कारण स्थगित भएको खानको नेपाल भ्रमण आगामी जेठ १२ मा हुने भएको छ ।
कालो हरिण शिकार काण्डमा जेल परेका सलमान धरौटीमा रिहा भएपछि नेपालमा गर्ने भनिएको कार्यक्रमका लागि मिति तय गरेका हुन् ।
नेपालस्थित आयोजक ओडीसी इन्टरटेनमेन्टलाई पत्र लेख्दै सलमान खानसहित सोनाक्षी सिन्हा, कृति सनोन, प्रभु देवा, दिशा शाह, मिट ब्रस, मनिष पल र डान्सरहरु सोका लागि निश्चित गरिएको उल्लेख छ ।
गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा सलमान खानको ‘दबङ टुर’ नामक सो आयोजना गर्ने भनिएको थियो ।
The post जेठ १२ गते सलमान खान नेपाल आउने appeared first on Sajha Post.