काठमाडौं, १९ चैत । गायक शिव परियार ‘मात नलाग्ने…’ बोलको नयाँ गीत लिएर बजारमा आएका छन् ।
शिवको एघारौ एल्बम शिवालयमा समाबेश सार्वजनिक गीतमा आनन्द अधिकारीको शब्द र आशिस अविरलको संगीत रहेको छ ।
गीतमा नायिका प्रियंका कार्की र विशाल लामालाई फिचरिङ गरिएको छ। गीतको कोरियोग्राफर राजिव समरले गरेका छन् । निकेश खड्काले निर्देशन गरेको म्यूजिक भिडियो उत्तम हुमागाईंले खिचेका छन् ।
The post लौ हेर्नुहोस्, ‘मात नलाग्ने…’ बजारमा आयो(भिडियोसहित) appeared first on Sajha Post.