Image may be NSFW.
Clik here to view.
काठमाडौं, १४ चैत । गीत चोरेको अभियोगमा पक्राउ परेका चलचित्र ‘कृ’ का निर्माता सुवास गिरी रिहाई भएका छन् ।
चलचित्रमा समावेश गरिएको गीत ‘उकालीमा अघिअघि ओरालीमा पछिपछि’ बोलको गीत चोरी गरिएकाले ११ लाख रुपैयाँ क्षतिपूर्ति दिने र उक्त गीत चलचित्रबाट हटाउने लिखित सम्झौतापछि उनी रिहाई भएका हुन् ।
‘सम्झना’ फिल्मका निर्माता तथा निर्देशक शम्भु प्रधानले जाहेरी दिएपछि महानगरीय प्रहरी परिसरले गिरीलाई मंगलबार पक्राउ गरेको थियो ।
The post गीत चोर्दा ११ लाख क्षतिपूर्ति appeared first on Sajha Post.