Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

 रोल्पा सुवर्णावती ताराका उत्कृष्ट कलाकारमा बुढामगर र महरा

$
0
0

रोल्पा, ६, फागुन । रोल्पा जिल्लाको उत्कृष्ट कलाकारमा मदन बुढामगर र उत्कृष्ट अभिनय (नक्कल) मा बाबुराम महरा पर्न सफल भएका छन् । राष्ट्रिय लोक तथा दोहोरी कलाकार प्रतिष्ठान नेपालको जिल्ला उपसमितिले सुवर्णावती गाउँपालिका सुलिचौरमा आयोजना गरेको उक्त प्रतियोगितामा माडी गाउँपालिका–५ का बुढामगर उत्कृष्ट कलाकार हुन सफल भएका हुन् भने अभिनयमार्फत सुवर्णावती–४ बर्जिवाङका बाबुराम महरा उत्कृष्ट बन्न सफल भएका छन् ।

विशिष्ट कलाकारहरु रामचन्द्र काफ्ले, जुनु काफ्ले, लोकेन्द्र सेनलगायत अन्य कलाकारहरुको निर्णय तथा जनताले दिएको भोटको आधारमा उनीहरुलाई उत्कृष्ट प्रतियोगीहरुको रुपमा छनौट गरिएको कार्यक्रमका अतिथि समेत रहेका रुपलाल महराले जानकारी दिएका छन् । कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ५ का सभा सदस्य दिपेन्द्र पुन ‘सिजल’ ले उत्कृष्ट प्रतियोगीहरुलाई सम्मान गरेका थिए । उत्कृष्ट प्रतियोगीहरु बुढामगरलाई नगद रु ३०,००० सहित प्रमाणपत्र र महरालाई नगद रु १०,००० सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

गाउँ–गाउँमा लुकेका प्रतिभालाई उजागर गर्दै राष्ट्रिय स्तरका कलाकारको रुपमा चिनाउने हेतुले संचालन गरिएको यस कार्यक्रममा विभिन्न गाउँबाट छनोट भई १३ जना प्रतिष्पर्धी सहभागी थिए । ती मध्येबाट पनि छुट्टाछुट्टै विधामा दुई कलाकार उत्कृष्ट हुन सफल भएको कार्यक्रम संयोजक द्रोण सुनारले जानकारी दिएका छन् ।

The post  रोल्पा सुवर्णावती ताराका उत्कृष्ट कलाकारमा बुढामगर र महरा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles