एजेन्सी , ४ फागुन । पन्जाव नेशनल बैंकमा १७७ करोड १७ लाख डलरको धोकाधडी गरेको पाइएपछि हिरा कारोवारी नीरव मोदीविरुद्ध सीबीआईमा दुईवटा मुद्दा दर्ता गरिएको छ । यससँगै बलिउड अभिनेत्री प्रियंका चोपडाले पनि मोदीको विरुद्ध कानूनी नोटिस पठाएकी छिन् । नीरव मोदीको कम्पनीमा प्रियंकाले ग्लोबल ब्राण्ड एम्बेसडर रुपमा काम गरेकी छिन् ।
प्रियंका नीरव मोदीको कम्पनीले तयार पारेका हिराका गहनाहरुको विज्ञापनमा काम गर्छिन् । उनले नीरवमाथि विज्ञापनको बदलामा भुक्तानी नगरेको र धोकाधडी गरेको आरोप लगाएकी छिन् ।
प्रियंकाले मोदीको कम्पनीसँग आफ्ना सम्पूर्ण व्यापारिक सम्झौताहरु पहिले नै अन्त्य गरेकी छिन् ।
प्रियंका अघि अभिनेत्री लिजा हेडनले पनि मोदीको कम्पनीका लागि काम गरिसकेकी छिन् । ती अभिनेत्रीहरु बाहेक मोदीको ब्राण्डसँग हलिउड अभिनेत्री केट विन्सलेट, डकोटा जनसन, तराजी हेन्सन, कार्ली क्लोँस, वायोला डेविस, अनुष्का शर्मा र अन्य धेरै मोडल्सहरु जोडिएका छन् ।
बैंक अधिकारी र कर्मचारीहरुले फर्जी दस्तावेजका आधारमा नीरव मोदीलाई हजारौं करोडको बैंक ऋण जारी गरेका थिए ।
The post आफैले विज्ञापन गरेको ब्राण्डविरुद्ध प्रियंकाले हालिन् धोकाधडीको मुद्दा appeared first on Sajha Post.