Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

मानव तस्करीकाे अाराेपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ

$
0
0

काठमाडौं, २५ माघ । मानव तस्करीको अभियोगमा कलाकार एवम् द्वन्द्व निर्देशक राजेन्द्र खड्गीलार्इ केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

खड्गीलार्इ काठमाडाैकाे ठमेलबाट अाज पक्राउ गरिएको हाे ।

खड्गीले गैरकानुनी रुपमा ११ जना व्यक्तिलाई दक्षिण कोरिया पठाएको सीआईबीको दाबी छ। एक कार्यक्रममा भाग लिने क्रममा दक्षिण कोरिया भएका बेला आफूसँगै लगेर ११ जनालाई उतै राखेको सूचना पाएपछि प्रहरीले अनुसन्धान थालेको हो ।

खड्कीले प्रतिव्यक्ति १० देखि १५ लाख रुपैयाँ लिएर दक्षिण कोरियामा उनीहरुलाई लगेको आरोप लागेको छ ।

बेचबिखनको मुद्दामा अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएको सीआईबीका प्रवक्ता एसपी जीवन श्रेष्ठले जानकारी दिएका छन् ।

The post मानव तस्करीकाे अाराेपमा द्वन्द्व निर्देशक राजेन्द्र खड्गी पक्राउ appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles