Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘पद्मावत’ पछि कंगनाको नयाँ फिल्ममाथि विरोध

$
0
0

एजेन्सी, २३ माघ । फिल्महरु प्रदर्शन अघि नै विरोध हुने ट्रेन्ड बलिउडमा अहिले चलिरहेको प्रतित हुन्छ । केहिसमय अघि सञ्जय लिला भन्साली निर्देशित फिल्म ‘पद्मावत’ ले देशभरी नै विरोधको सामना गर्नुपर्‍यो भने अब पुन नयाँ फिल्म ‘मणिकर्णिका:द क्वीन अफ झाँसी’ले विरोधको सामना गरिरहेको छ ।

राजेस्थानमा सुटिङ चलिरहेको यस फिल्ममाथि ‘सर्व ब्राह्मण महासभा’ले विरोध सुरु गरेको छ । बलिउडकी चर्चित अभिनेत्री कंगना रनावत यस फिल्ममा मूख्य भूमिकामा छिन् । उक्त संगठनले फिल्ममा रानी लक्ष्मी बाई ‘झाँसीकी रानी’ को भूमिकालाई राम्रोसँग प्रदर्शन नगरिएको भन्दै सुटिङलाई तत्काल रोक्न भनेका छन् ।

यस फिल्मको विरुद्ध करणी सेनाले पनि ब्राह्मण महासभालाई साथ दिने बताएको छ । सर्व ब्राह्मण महासभाका अध्यक्ष सुरेश मिश्रले भने, ‘फिल्मको सुटिङ राजस्थानमा चलिरहेको छ । फिल्मका केहि गीत र दृश्यहरुको सुटिङको क्रममा रानी लक्ष्मी बाईलाई एक अंग्रेजको साथ सम्बन्ध राखेको देखाइएको हामीले थाहा पाएका छौं ।’

मिश्रले फिल्मका केहि भागहरु लण्डनकी एकजना लेखिका जयश्री मिश्रको विवादित पुस्तक ‘रानी’बाट साभार गरिएको आफूले पढेको बताए । उक्त पुस्तक उत्तर प्रदेशमा प्रतिबन्धित छ ।

The post ‘पद्मावत’ पछि कंगनाको नयाँ फिल्ममाथि विरोध appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles