Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

भोकले कोही नमरोस् भन्दै मदनकृष्ण श्रेष्ठ(भिडियो)

$
0
0

काठमाडौं, २२ माघ । वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । मदनकृष्ण अभिनित ‘भोकले कोही नमरोस्’ बोलको स्वदेशगानको भिडियो सार्वजनिक गरिएको हो ।

धापाखेल ललितपुरमा घर भई अष्ट्रेलिया बस्दै आएका श्यामराज दाहालको स्वर रहेको गीतका शब्द लोकप्रिय गीतकार दिनेश अधिकारीले लेखेका हुन् । राष्ट्रिय भावना समेटिएको स्वदेशगानमा आवाज दिँदै श्यामराजले गायकको परिचय बनाएका छन् । गीतले देश सबैका लागि प्यारो बनोस्, आँशुमा कसैले डुब्न नपरोस्लगायतका भावलाई व्यक्त गरेको छ ।

बुढासुब्बा म्युजिकले बजार व्यवस्थापन गरेको, कृष्ण आचार्यको निर्देशनमा निर्माण भएको भिडियोलाई उत्सव दाहालले खिचेका हुन् भने निशान भट्टराईको सम्पादन रहेको छ ।

The post भोकले कोही नमरोस् भन्दै मदनकृष्ण श्रेष्ठ(भिडियो) appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles