एजेन्सी, २१ माघ । ‘वर्तमान र भविष्यमा पनि जुनै समय, यो संसारको सबैभन्दा ठूलो वस्तु सेक्स हो ।’ यौन मनोवैज्ञानिक सिग्मण्ड फ्राइडको यस विचारबाट प्रेरित भएको रामगोपाल बर्माको नयाँ चलचित्र ‘गड, सेक्स एण्ड ट्रुथ’ नामको फिल्म युट्युबमा सार्वजनिक भएको छ । फिल्मको नामको छोटो रुप ‘जीएसटी’ नामबाट परिचित बर्माको यस फिल्मको शुरुवाती दृश्यमा नै एकजना निर्वस्त्र महिलालाई देखाइएको छ ।
यस फिल्ममा बर्माले अमेरिकी पोर्नस्टार मिया माल्कोवालाई मूख्य भूमिकामा उतारेका छन् । उनको बहुप्रतिक्षित यस फिल्म युट्युबमा सार्वजनिक भएसँगै देशैभरी ख्याती कमाएको छ । तर आन्ध्र प्रदेशका मानिसहरुले भने बर्माको जीएसटीमाथि आपत्ति जनाएका छन् । २६ जनावरीमा सार्वजनिक भएको यस फिल्मको टिप्पणी गर्दै तेल्गु समाचार च्यानलहरुले धेरै खबरहरु प्रसारण गरेका छन् ।
आन्द्र प्रदेशस्थित ‘अल इन्डिया डेमोक्रेटिक वुमेन्स एसोसिएसन’ एआइडिडब्ल्युएको नेतृत्वमा महिला संगठनहरुले विशाखापट्टानमा निर्देशक बर्माको पुत्ला जलाएका छन् । त्यस्तै विययवाडामा भाजपा विङले फिल्ममाथि प्रतिबन्ध लगाउन माग गरेको छ । यस अघि पनि भारतमा नग्न फिल्महरुलाई लिएर धेरै विरोधहरु भैसकेका छन् । तर इन्टरनेटमा नग्न फिल्महरुको प्रदर्शन भएको यो पहिलोपटक भने होइन र अन्तिम पटक पनि होइन ।
निर्देशक बर्माले भने जीएसटीको बचाउ गर्दै यसलाई एक दार्शनिक ग्रन्थ भएको बताएका छन् । उनले भनेका छन्, ‘भगवानले सेक्सलाई जस्तो बनाएका छन्, सेक्सबारे भगवानको जुन अर्थ छ फिल्ममा पनि सेक्सको अर्थ त्यहीँ छ ।’ बर्माले फिल्मको ट्रेलरमा नै पनि धेरैजना दार्शनिकहरुका विचारहरु देखाइएको बताएका छन् । उनले सुन्दर शरीरका बारेमा धेरै फिल्महरु बनेको तर सुन्दर मनबारे कुनैपनि फिल्महरु नबनेको भन्दै आफुले सुन्दर मनको विषयलाई लिएर जीएसटी निर्देशन गरेको बताएका छन् ।
देवी नाम गरेकी हैदरावादकी एकजना सामाजिक कार्यकर्ताले हाल त्यहाँ भैरहेको विरोधको पछाडी निर्देशक बर्माको एउटा बयान भएको बताइन् । बर्माले भनेका थिए, ‘वर्षौंदेखि महिलाहरुको लैंगिक इच्छाहरुलाई दमन गरियो । एक तरिकाबाट यो उनीहरुको अभिव्यक्तिकरण हो ।’ बर्माको बयान बाहेक फिल्मको केहि दृश्यहरुमा पनि माल्कोवाले यस्तो विचारलाई विस्तार गरेको देखाइएको छ ।
बर्मामाथि महिला कार्याकर्ताहरुसँग आपत्तिजनक शब्दहरुको पनि प्रयोग गरेको आरोप छ । टिभीमा बर्माले एकजना ५५ वर्षीया महिला कार्यकर्तालाई उनको शरीर एकदमै राम्रो भएको र अर्को फिल्ममा माल्कोवाको स्थानमा उनलाई लिने बताएका छन् । साथै उनले महिला कार्यकर्ता देवीलाई ट्वीटरमार्फत सोधेका थिए,‘ के तपाई कपडा लगाएर सेक्स गर्नुहुन्छ ?’ बर्माको उक्त प्रश्नको टिप्पणी गर्दै देवीले उनी महिला सशक्तिकरणलाई नभएर अश्लील विषयहरुलाई महत्व दिइरहेको आरोप लगाएकी थिइन् ।
उनको फिल्ममाथि समालोचकहरुले धेरै खण्डन गरिरहेका छन् । एन्ना एमएम वेटिकाड नामकी एकजना समालोचकले भनिन्, ‘यस फिल्मलाई जुन दार्शनिक ग्रन्थ भनिएको छ, यसलाई हेरेर मलाई एकदमै हाँस उठिरहेको छ । म यसबारे कुनैपनि गम्भीर वार्ता गर्नसक्दिन । यसो भनिरहँदा मैले जुन पाँच सेकेण्ड खर्चिए वास्तवमा भन्ने हो भने यस फिल्म यसको पनि लायक छैन ।’
The post ‘भगवान, यौन र सत्य’ नामक नयाँ चलचित्रलाई लिएर बर्माको विरोध, महिलाले पुत्ला जलाए appeared first on Sajha Post.