Image may be NSFW.
Clik here to view.
एजेन्सी, १८ माघ । बलिउडमा पछिल्लो समय पद्मावत फिल्मले ठुलै विवाद सिर्जना गर्यो ।
फिल्म रिलिज पुर्व नै चरम विवादमा रहेको फिल्म रिलिज पश्चात पनि उत्तिकै विवादमा रह्यो ।
तर, यसले बक्स अफिस कलेक्सनमा भने खासै असर पारेन । फिल्मले हालसम्म १४३ करोड भारतीय रुपैयाँ कमाइ सकेको छ ।
फिल्मको कथाबस्तुलाई लिएर विवाद भएपनि दर्शकले भने फिल्मलाई मन पराइदिएका छन् ।
यस फिल्ममा साहिद कपुर, दीपिका पादुकोण, रणवीर सिंह जस्ता कलाकारको प्रमुख भुमिका रहेको छ । यस फिल्मलाई संजय लिला भंसालीले निर्देशन गरेका हुन् ।
The post फिल्म ‘पद्मावत’ को हालसम्मको कमाइ कति appeared first on Sajha Post.