काठमाडौं, ९ माघ । निर्देशक सुदर्शन थापा र अभिनेत्रीबाट निर्मात्री बनेकी पुजा शर्माले नयाँ चलचित्र बनाउने भएका छन् । यी दुई मिलेर ‘रामकहानी’ फिल्म बनाउन लागेका हुन् ।
निर्देशक सुदर्शन थापाले ‘रामकहानी’ चलचित्र विकास बोर्डमा दर्ता गराइसकेको बताएका छन् । माघको अन्तिम साताबाट शुटिङ सुरु गरिने चलचित्रमा केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहनेछ ।
पुजाको अपोजिटमा रहने मुख्य अभिनेताको नाम भने सार्वजनिक गरिएको छैन ।
The post सुदर्शन र पुजाले ‘रामकहानी’ बनाउने appeared first on Sajha Post.