Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘मिस नेपाल २०१८’ को आवेदन खुल्यो

$
0
0

काठमाडौं, ८ माघ । ‘मिस नेपाल २०१८’ को आवेदन खुला भएको छ। ‘द हिडेन ट्रेजर’ले काठमाडौंमा पत्रकार सम्मेलन गरी २३ औं संस्करणको आवेदन खुला भएको जानकारी दिएको हो ।

वि.सं २०५१ अर्थात् सन् १९९४ देखि सुरू भएको मिस नेपालमा १९ वर्षदेखि २५ वर्षसम्मका युवतीहरू सहभागी हुन सक्नेछन्। आयोजकले मिस नेपाल प्रतियोगितामा सहभागी हुन ५.४ इन्चभन्दा बढी उचाइ भएका, अविवाहित तथा नेपाली नागरिकता र पासपोर्ट भएका महिलाहरू हुनुपर्ने मापदण्ड तोकेको छ।

आयोजकका अनुसार ८ प्रमुख सहरहरू वीरगञ्ज, धनगढी, विर्तामोड, धरान, चितवन, पोखरा, बुटवल र नेपालगञ्जबाट अडिशन गरि प्रतियोगीहरूको छनोट हुनेछ। फेब्रअरी ४ देखि १० सम्म उम्मेदवारहरूको छनोट गरिने र फेब्रुअरी १७ मा काठमाडौंमा अन्तिम छनोट हुने पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

अन्तिम प्रतियोगीलाई काठमाडौंमा ७ हप्तासम्मको प्रशिक्षण दिइने छ। प्रतियोगिताको ग्रान्ड फिनाले ११ अप्रिलमा सम्पन्न गर्ने आयोजकको तयारी छ।

The post ‘मिस नेपाल २०१८’ को आवेदन खुल्यो appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles