एजेन्सी, २८ पुस । बलिउडमा एकपछि अर्को हिट फिल्म दिएका बरुण धवनले हालै मुम्बाईको बान्द्रा इलाकामा नयाँ घर खरिद गरेका छन् । उक्त घरको ओपनिङमा धेरै सेलिब्रेटिसँगै उनकी प्रेमिका भनिएकी नताशा दलाल पनि देखिएकी थिइन् । बरुणले आफ्नो बुवा डेविड धवनको घर छोडेर प्रेमिकाको साथमा नयाँ घरमा बस्न शुरु गरेका भारतीय सञ्चार माध्यमले लेखेका छन् ।
चलचित्र क्षेत्रमा प्रवेश गरेसँगै अभिनेत्री आलिया भट्टसँग उनको बढ्दो सामिप्यताको कारण उनी र उनकी प्रेमिका भनिएकी नताशाबीच मनमुटाब शुरु भएको थियो । त्यसका साथै सुटिङको व्यस्तताको कारण पनि उनी नताशालाई समय दिन सकिरहेका थिएनन् ।
यस्तो अवस्थामा उनले बुवा डेविडको घर छोडेर नताशालाई ज्यादा समय दिन नयाँ घरमा उनीसँगै सिफ्ट भएका हुन् । बरुणको बुवा डेविडले उनीहरुको लिव इन रिलेशनशिपमा बस्ने चाहनालाई अस्विकार गरेपछि उनले यस्तो निर्णय लिएका हुन् ।
बरुण र नताशा दुबै बाल्यकालदेखिका साथी हुन् । उनीहरु एकै स्कूलमा पढेका हुन् । दुवै धेरैपटक कयौं कार्यक्रमहरुमा एकैसाथ देखिएका छन् तर आधिकारीकरुपमा उनीहरुले आफ्नो सम्बन्धबारे खुलाएका छैनन् ।
The post बाबुलाई छाडेर प्रेमिकासहित नयाँ घर पुगे बरुण appeared first on Sajha Post.