Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

लोक तथा दोहोरी गीत प्रतिष्ठान पंगनीको नेतृत्वमा

$
0
0

लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा कलाकार बद्री पगेँनी निर्वाचित भएका छन् ।

badriप्रतिष्ठानको छैंटौँ केन्द्रीय महाधिवेशनले दुई वर्षका लागि पगेँनीको नेतृत्वमा ३९ सदस्यिय कार्यसमिति चयन गरेको हो । कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश बिसी, द्वितीय उपाध्यक्षमा रामजी खाँड, महासचिवमा सुवास केसी र उपमहासचिवमा चौलेन्द्र पौडेल निर्वाचित भएका छन्  ।

प्रतिष्ठानको प्रथम उपाध्यक्षमा पशुपति शर्मा, महिला उपाध्यक्षमा रीता थापा, महिला सचिवमा राधिका हमाल र कोषाध्यक्षमा दीपक खड्का निर्विरोध निर्वाचित हुनुभएको हो । यसैगरी, सचिवमा शङ्कर बिसी, खुमन अधिकारी र कृष्ण रेउले र सहकोषाध्यक्षमा टीका पुन विजयी हुनुभएको छ । प्रतिष्ठानका पूर्वअध्यक्ष दुर्गा रायमाझीका अनुसार पाँच सदस्यको मनोनयन पछि गरिने छ । रासस

The post लोक तथा दोहोरी गीत प्रतिष्ठान पंगनीको नेतृत्वमा appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles