Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

जन्मदिनमा अनिलले सुरु गरे ‘रेस ३’को शूटिङ, सलमानसँग गर्नेछन् धमाका !

$
0
0

एजेन्सी, ९ पुस । यतिबेला बलिउड सुपरस्टार सलमान खानको ‘टाइगर जिंदा है’को चर्चा चलिरहेको छ । यसले व्यवसायिक हिसाबमा राम्रो शुरुआत गरेको छ । यससँगै उनको आगामी फिल्मबारे पनि चर्चा चलिरहेको छ । सलमानको अर्को फिल्म ‘रेस ३’ को शूटिङ आजदेखि सुरु भएको छ । केही समयअघि त्यसमा अनिल कपूर पनि देखिने भन्ने खबर बाहिर आएको थियो । अहिले उक्त खबर‍ सत्य सावित भएको छ । अनिल कपूरको जन्मदिनमा उनी अभिनित फिल्म ‘रेस ३’ को शूटिङ सुरु भएको बताइएको छ ।

२४ डिसेम्बरदेखि ३० डिसेम्बरसम्म मुम्बईमा पहिलो शेड्यूलको शूटिङ अनिल कपूरले पूरा गर्नेछन् । केही दिनअघि मात्र सलमानले एक तस्बिर अपलोड गरेका थिए । जसमा सलमानले लेखेका थिए, ‘अनिल आएपछि रेस ३ को कास्ट अझै झक्कास भएको छ ।’ फिल्ममा सलमान-ज्याकलिनका साथ सलीम, डेजी शाह र बबी देओललगायतको भूमिका हुनेछ । फिल्मलाई रेमो डिसूजाले निर्देशन गरिरहेका छन् । फिल्म आगामी वर्षको ईदमा रिलिज हुनेछ ।

The post जन्मदिनमा अनिलले सुरु गरे ‘रेस ३’को शूटिङ, सलमानसँग गर्नेछन् धमाका ! appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles