Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

‘पद्मावती’को रिलिज डेटलाई लिएर सेन्सर बोर्डले गर्‍यो यस्तो निर्णय

$
0
0

एजेन्सी, ७ पुस । लामो समयदेखि विवादमा रहेको संजय लीला भंसाली निर्देशित फिल्म ‘पद्मावती’को रिलिज डेटलाई लिएर एक नयाँ खुलासा गरिएको छ । भारतीय सञ्चारमाध्यम हिन्दी डट न्युज ट्वान्टी फोरका अनुसार ‘पद्मावती’ हेर्न फ्यानहरुले अप्रिल महिनासम्म कुर्नुपर्ने हुन्छ ।

एक रिपोर्टका अनुसार भारतीय सेन्सर बोर्डले फिल्म देखाउनका लागि इतिहासकारहरुको एक समूहलाई बोलाएको छ । फिल्म निर्माताले बताएका थिए कि यस फिल्ममा इतिहासका केही तथ्य देखाइएको छ । निर्माताको यो भनाइपछि सेन्सर बोर्डले यस्तो निर्णय लिएको बताइएको छ ।

फिल्म यूनिटले नयाँ वर्ष लगत्तै रिलिज हुने अनुमान गरेपनि बोर्डको यो निर्णयले केही निराशा छाएको छ ।

The post ‘पद्मावती’को रिलिज डेटलाई लिएर सेन्सर बोर्डले गर्‍यो यस्तो निर्णय appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles