Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सनी लियोनीले ‘म्यान भर्सेस वाइल्ड’होस्ट गर्ने

$
0
0

एजेन्सी, २ पुस । भारतीय अभिनेत्री सनी लियोनी एक चर्चित अन्तर्राष्ट्रिय शो ‘म्यान भर्सेस वाइल्ड’को होस्ट गर्दैछिन् । चाँडै नै सार्वजनिक हुन लागेको शो ‘डिस्कभरी जीत’बाट प्रसारण हुनेछ ।

बलिउडमा पछिल्लो समय खासै प्रभाव जमाउन नसके पनि उनको लागि नयाँ यात्रा सुरु भएको छ । सनी लियोनी बिग बोसमार्फत टेलिभिजनमा देखा परेकी थिइन् । त्यसपछि उनले ‘स्पिल्ट्सविला’को होस्ट गरिन् । तर, अहिले उनी एक्लै यस शो लाई सुरुआत गर्न जाँदैछिन् । सन् २०१८ मा सुरु हुन गइरहेको च्यानल डिस्कभरी जीतममा उनी एक सुपरहिट शो लिएर आउँदैछिन् ।

मिडिया रिपोर्टका अनुसार सनी लियोनी ‘म्यान भर्सेस वाइल्ड’को होस्ट गर्दा देखिनेछिन् । यो अन्तर्राष्ट्रिय रियालिटी शो ‘सर्भाइभर’को भारतीय संस्सकरण हुनेछ । यसमा केही यस्तो प्रतियोगिता हुनेछन् कि जहाँ प्रतियोगीहरुलाई विभिन्न टापुमा छोडिदिइनेछ र त्यहाँ उनीहरु सर्भाइभ (बाँच्नु) हुनुपर्नेछ । यस्तोमा सनीको प्रवेशले शोलाई अझ बढी चर्चामा लगेको छ ।

The post सनी लियोनीले ‘म्यान भर्सेस वाइल्ड’ होस्ट गर्ने appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles