काठमाडौं, २७ मंसिर । गायक हेमन्त शर्मा यसपटक बिहे गीत लिएर आएका छन् ।
हेमन्तको शब्द, संगीत तथा स्वर रहेको गीतलाई श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेका छन् । बिहे गर्ने मौसम र उमेर पुगेकाहरुलाई लक्षित गरी हेमन्तले गीतलाई आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरेका हुन् ।
हेमन्त स्वयंले निर्देशन गरेको गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की र दुर्गेश थापाको अभिनय देख्न सकिन्छ । शिव विकको कोरियोग्राफी रहेको गीतलाई धीरजजंग शाहले खिचेका हुन् ।
भिडियो हेर्नुहोस् :
The post हेमन्तको ‘डम डम डम बज्यो’ बजारमा (भिडियोसहित) appeared first on Sajha Post.