Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

सुनिल पोखरेलको ‘हरियो ढुङ्गा’मा बिपिन कार्की

$
0
0


काठमाडौं, २६ मंसिर । काठमाडौं बत्तीसपुतलीको शिल्पी थिएटरमा उपेन्द्र सुब्बाको कथा ‘हरियो ढुंगा’ रङ्गमञ्चमा मञ्चन हुने भएको छ । उक्त कथा सुब्बाको ‘लाटो पहाड’ कथा संग्रहमा संग्रहित छ ।

‘हरियो ढुंगा’लाई वरिष्ठ नाटककर्मी सुनील पोखरेलले परिकल्पना र निर्देशन गरेका छन् । नाटक भुटानी शरणार्थीको कथामा आधारित छ । सुनिल पोखरेलका रंगमंचका शिष्य तथा फिल्म पशुपतिप्रसाद, लुट, धनपतिमा अत्यधिक रुचाइएका अभिनेता विपिन कार्कीले अभिनय गर्दैछन् भने सुनिसा बजगाईं, आभास अधिकारी, अनिल सुब्बा, मौसम खड्का, शिशिर थापा लगायतका कलाकारले अभिनय गर्नेछन् ।

अनामनगरमा रहेको ‘डिस्कभर योरसेल्फ’ जहाँ रंगमंचका कुलगुरुका रुपमा चिनिएका पोखरेल विगत तीन वर्षदेखि अभिनय कक्षा सन्चालन गरिरहेका छन् । ‘डिस्कभर योरसेल्फ’को यो तेस्रो नाटक हो । उक्त समूहले यसअघि शेक्सपियरको ‘अ मिड समर सपना’ र इन्द्रबहादुर राईको ‘जयमाया आफू मात्र लिखापानी आइपुगी’ मञ्चन गरिसकेको छ ।

नाटक ‘हरियो ढुङ्गा’ यही मंसिर २९ गतेदेखि पुसको २२ गतेसम्म शिल्पी थिएटर बत्तीसपुतलीमा मंगलबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ । शनिबार भने दिउँसो १ बजेपनि मञ्चन हुनेछ ।

The post सुनिल पोखरेलको ‘हरियो ढुङ्गा’मा बिपिन कार्की appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles