एजेन्सी, १५ मंसिर । क्रिकेटर विराट कोहली र हालै मिस वर्ल्डको उपाधि जितेकी मानुषी छिल्लर भारतका हटकेट सेलिब्रेटी हुन् । मानुषी मिस वर्ल्डपछि एकाएक चर्चामा रहिन् भने विराट पनि यतिबेला दोहोरो शतकका र उत्कृष्ट खेल प्रदर्शनका कारण भारतीय मिडियामा छाइरहेका छन् ।
त्यस्तै हालैमात्र मानुषी र विराटबीच एक कार्यक्रममा भेट भएको थियो । जहाँ विराटलाई मानुषीले प्रश्न सोध्ने माहौल तयार पारिएको थियो । विराटलाई मानुषीले प्रश्न सोधिन्, ‘आज तपाई संसारको सबैभन्दा उत्कृष्ट ब्याट्सम्यानमध्येका एक हुनुहुन्छ । तपाई धेरै मानिसका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । धेरै मानिसहरु तपाईबाट प्रेरणा लिन चाहन्छन् । क्रिकेटमा आउन लागेका बच्चाहरुलाई तपाई के सल्लाह दिनुहुन्छ ?’ यसको जवाफमा विराटले भने, ‘सबैभन्दा पहिले आफूले आफैंलाई बुझ्नु जरुरी हुन्छ । तपाई त्यही गर्नुस् जुन चाहनुहुन्छ । भित्रैबाट आफूलाई प्रदर्शन गर्नुस् । मानिसहरुलाई तपाई बनावटी हो भन्ने जस्तो नलागोस् । मैले कहिल्यै कोहीजस्तो बन्ने कोशिश गरिनँ । कहिल्यै पनि आफ्नो पहिचान छोडिनँ । यदि तपाई अरु कोहीजस्तो बन्न खोज्नुहुन्छ भने तपाई सफल हुन सक्नुहुन्न र अर्काका लागि प्रेरणा पनि बन्न सक्नुहुन्न । कडा मेहनत गर्नस् र आफैंमाथि भरोसा राख्नुहोस् ।’
The post क्रिकेटमा आउन चाहनेलाई विराटको यस्तो सुझाव appeared first on Sajha Post.