Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

ऋचा शर्मा भन्छिन्– हिंसा हाँसो बनाउनेविरूद्ध बोल्न डराउँदिन

$
0
0

काठमाडौं, १२ मंसिर । केही दिनदेखि नेपाली फिल्मकर्मीबीच फेसबुकमा भनाभन सुरू भएको छ । अभिनेत्री ऋचा शर्माले छक्का पञ्जा २ हेर्ने दर्शक मूर्ख भनी टिप्पणी गरिएको भन्दै उक्त फिल्म निर्माण टिमले ऋचाको बारेमा टिप्पणी गरेपछि यो बहस चर्किएको हो । प्रत्युत्तरमा ऋचाले पनि लामो प्रष्टोक्ति लेखेकी छन् ।

यस्तो छ ऋचाको प्रष्टोक्ति र विचार :

म एक कलाकार, निर्माता र दर्शक भएको कारणले दर्शकलाई मूर्ख भन्ने अधिकार नै छैन तर म पनि एक दर्शकका रूपमा विचार दिन पाउँछु । दर्शकले हामीलाई बनाएको हो र हामी दर्शकलाई भगवान् मान्छौ ।

मैले कुनै पनि चलचित्र हेर्ने दर्शक मूर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन तर जिन्दगीको कुनै पनि मोडमा होस् वा चलचित्रमा महिला हिंसाको विषयलाई हाँस्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो विचार राख्न किञ्चित डगमगाउने छैन चाहे संसारले नै मलाई बिरामी सावित गरोस् ।

सिनेमामा आफूलाई मन लागेको देखाउन पाइन्छ तर त्यसप्रति विभिन्न धारणा आउँछन् तर मेकरले त्यसलाई पचाउँन सक्नुपर्छ । कलाका हरेक क्षेत्रमा सर्जकहरू आफ्नो सृजनामा यति तल्लिन भएर लागेका हुन्छन् कि उनीहरू एउटा गिलासभित्र हुन्छन् ।

दर्शकहरू नै हुन्, जसले त्यो गिलासलाई बाहिरबाट हेरेर अनेक तर्क गर्छन् । असल कलाकार तिनै हुन् कहिलेकाही दर्शकका तर्कलाई पनि आत्मसात गर्छन् ।

म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा म एक महिला हुँ । फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउन सकिनँ भनेकी हुँ । किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन् । यदि महिला हिंसामाथि बनेको फिल्म भए, ठिकै थियो । तर, यो त कमेडी सिनेमा हो । र, यहि कुरा मैले एकादेश फिल्म फेस्टिभलमा चलचित्रमा महिलाको भूमिका शिर्षकको अन्तक्र्रियामा दर्शकले सोधेको प्रश्नमा यो कुरा बोलेकी थिएँ । र, मैले बोल्दा त्यो सिनेमा हेरेर ताली बजाउँने दर्शक मूर्ख हुन् पनि भनेकी थिइनँ ।

तपाईहरू भिडियो पनि हेर्न सक्नुहुन्छ । सार्वजनिक भएको भिडियोमा मैले दर्शकलाई मुर्ख भनेको कतै सुनिन्छ भने दर्शकले नै मलाई प्रश्न गरून्।मैले त आफूलाई लागेको कुरा बोलेकी थिएँ ।

र, आफूलाई चित्त नबुझेको कुरा बोल्न पाउँनु मेरो अधिकार पनि हो ।

सर्जक सधैँ महान् हुँदैन । अहिले त झन् चलचित्रको कुनै दृश्यमा कुनै समुदायको चित्त दुख्यो भने सच्चाउँने चलन छ । टेलिभिजनका हरेक प्रोगाममा कुनै समुदायलाई चित्त दुखे भन्नुहोला भन्ने म्यासेज पनि आइरहन्छ ।
फिल्म मेकरले यस्ता कुरामा ध्यान पुर्याउँनुपर्छ ।

र, कहिलेकाही आफूलाई सच्चाउँनु पनि पर्छ । सच्चिनु आफ्नो कद सानो बनाउँनु होइन । भूँइ र समयसित नजोडिएको मेकर जति नै अग्लो भएपनि, उस्को जग बलियो हुँदैन । म मा पनि धेरै कमजोरी छन् र म सुन्छु,आफ्नो कमजोरी अङाल्छु, सच्चाउछु, अनि राम्रो बन्ने प्रयास जीवनभर गरिरहन्छु ।
धन्यवाद !

The post ऋचा शर्मा भन्छिन्– हिंसा हाँसो बनाउनेविरूद्ध बोल्न डराउँदिन appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles