एजेन्सी, ११ मंसिर । सन् २००५ मा रिलिज भएको फिल्म नो इन्ट्रीमा सलमान खानको प्रमुख रहेको थियो । फिल्मले बक्स अफिसमा पनि राम्रो कमाइ गर्न सफल रहेको थियो ।
उक्त फिल्मको सिक्वेल बन्ने हल्ला व्यापक चलिरहँदा अब भने यसबारे नयाँ कुरा बाहिर आउन थालेका छन् । यस फिल्मका निर्देशक अनिश बाज्मीले सलमान खानलाई नलिइ फिल्म बनाउने भएका छन् ।
सलमान खानसँग समय मिलाउन नसकेपछि उनले यस्तो निर्णय लिएको बताइएको छ । अब सो फिल्मको नाम पनि नो इन्ट्रीमे इन्ट्री हुने बताइएको छ । नो इन्ट्रीबाट अनिल कपुरलाई मात्र लिइने पनि मिडिया रिपोर्टमा उल्लेख छ ।
उक्त फिल्ममा सलमान खान, अनिल कपुर र फर्दिन खानको प्रमुख भुमिका रहेको थियो । अब भने अर्जुन कपुरलाई यस फिल्मका लागि अफर गरिने समेत मिडिया रिपोर्टमा उल्लेख छ ।
The post सलमान खान ‘नो इन्ट्री’ मा नहुने ! appeared first on Sajha Post.