Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कस्को नेतृत्वमा ?

$
0
0

काठमाडौं, ८ असोज । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको छैटौं अधिवेशनको चुनावी प्रक्रिया शनिबारबाट सुरु हुँदैछ ।

nepali-singer

लोक दोहोरी क्षेत्रको विकास गर्ने भन्दै विभिन्न एजेन्डा अघि सार्दै उम्मेरद्वाहरु चुनावी मैदानमा भिडेका छन् । चर्चित गायक बद्री पंगेनीले अध्यक्ष पदका लागि उम्मेद्वारी दिएका छन् । प्रतिष्ठानको अध्यक्षमा तत्कालिन वरिष्ठ उपाध्यक्ष बद्री पंगेनीको उम्मेदवारीले निकै चर्चा पाइरहेको छ । सम्भवतः उनको चर्चाको हिसाबले र संस्थापनको समर्थनको हिसाबले पनि अध्यक्ष हुने लगभग पक्कापक्की जस्तै देखिन्छ ।त्यस्तै अध्यक्ष पदका लागि गायक विष्णु खत्री र टीकाराम चपाई पनि भिड्दैछन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्ष पदका लागि रमेश बिजी, ऋषिलाल श्रेष्ठ र विमलराज क्षेत्री चुनावी मैदानमा छन् । प्रथम उपाध्यक्षमा पशुपति शर्मा, द्वितीय उपाध्यक्षमा रामजी खाँडको उम्मेदवारी परेको छ । गायक शिरिष देवकोटा र गीतकार सुवास केसीले महासचिवमा उम्मेद्वारी दिएका छन् भने सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । जसमा खुमन अधिकारी, शंकर बिसी, राजु गुरुङ, हुम गैरे, चोलेन्द्र पौडेल, नविन पौडेल, कृष्ण रेउले, टीका पुनको उम्मेदवारी रहेको छ ।

त्यस्तै सदस्य पदमा मुना थापा मगर, ईश्वरी भुसाल, राजन ठकुरी, विरही कार्की, गणेश गुरुङ, शिव हमाल, किरण अधिकारी, कृष्ण आँसु, पूर्णकला बिसी, जानकी तारमी मगर, अमृता लुंगेली, सावित्री जोशी लगायतले नाम दिएका छन् ।

The post राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कस्को नेतृत्वमा ? appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles