एजेन्सी, ६ मंसिर । संजय लीला भंसालीको फिल्म ‘पद्मावती’लाई लिएर बलिउडमा यतिबेला हंगामा मच्चिएको छ । यसतर्फ राजपूत सेनाले यसको विरोध गरिरहँदा बलिउडका कलाकारहरुबाट भने फिल्मलाई समर्थन मिलिरहेको छ । सलमान खानले हालै फिल्मको पक्षमा बोलेका थिए ।
हालै फिल्मको समर्थनमा शाहरुख खान र आमिर खान पनि देखिएका छन् । दीपिकाको टाउको काट्नेलाई पाँच करोड पुरस्कार दिने खबर बाहिर आएपछि आमिरले उनलाई फोन गरेका थिए । एक रिपोर्टलाई मान्ने हो भने आमिरले लामो समयसम्म दीपिकासँग फोनमा कुरा गरेर पूरा विवादबारे जानकारी लिएका थिए । त्यसपछि आमिरले दीपिकालाई हरप्रकारको सहयोग गर्ने बताएका थिए ।
उता आमिरका साथै शाहरुखले पनि दीपिकाको समर्थन गरेका छन् । शाहरुखले पनि फोनमार्फत दीपिकासँग कुरा गरेर पछिल्लो अवस्थाबारे बुझेका थिए । हालका दिनमा बलिउडबाट पद्मावती र दीपिकाले राम्रै पाएका छन् ।
संजय लीला भंसाली निर्देशित फिल्मले ऐतिहासिक तथ्यलाई तोडमोड गरेको आरोप लागेको छ ।
The post ‘पद्मावती’लाई लिएर के भने आमिर र शाहरुखले ? appeared first on Sajha Post.