एजेन्सी । भारतीय व्यवसायी मुकेश अम्बानी एसियाका दोस्रो धनी व्यक्ति हुन् । उनीमात्र नभएर उनकी पत्नी नीता अम्बानी पनि बारम्बार चर्चामा आउने गर्छिन् । मुकेश धनी परिवारका भएपनि निता भने सामान्य परिवारबाट आएकी हुन् । अहिले सामाजिक सञ्जालमा उनी आफ्ना महङ्गा साडीका कारण चर्चामा आउने गर्छिन् । कुनै समय ८०० रुपैँया कमाई गर्ने नीता अहिले करोडौँ रुपैयासँग खेल्छिन् । मुकेश र निताको प्रेमकथा पनि उनीहरुको जीवन जस्तै रोचक रहेको छ ।
मुकेश अम्बानी भारतका सबैभन्दा धनी परिवारका भएपनि सामान्य परिवारबाट आएकी नीताले उनीसँग विवाह अघि ठूलो शर्त राखेकी थिइन् । यसै शर्तपछि उनीहरुको सम्बन्ध प्रगाढ बनेको थियो । नीतालाई मुकेशका लागि उनका पिता धिरुभाइ आफैँले चुनेका थिए । एउटा कार्यक्रममा नृत्य गरिरहेकी नितालाई देखेपछि धरुभाइले त्यसैसमय उनलाई आफ्ना छोरा मुकेशकी पत्नीका रुपमा चुनिसकेका थिए । पहिले त निताले यसप्रति विश्वास गर्न सकेकी थिइन्न तर बिस्तारै मुकेश र निता नजिक हुँदै गए । त्यस्तैमा एकदिन मुकेशले नितालाई विवाहको प्रस्ताव राखेका थिए । तर विवाहभन्दा अघि निताले भने मुकेशका अगाडि एउटा ठूलो शर्त राखिन् ।
निताले मुकेशका अगाडि आफू जति नै ठूलो खानदानको बुहारी बनेपछि विवाहपछि पनि एउटा सामान्य जीवन बिताउने र आफ्नो जागिरलाई पनि निरन्तरता दिइरहने शर्त राखेकी थिइन् । त्यस समय निता स्कुलका बच्चाहरुलाई पढाउने गर्थिन् । उनको तलब जम्मा ८०० रुपैँया मात्र थियो । निताको यो अनौठो शर्तलाई मुकेशले स्वीकार गरे र उनले विवाहपछि पनि बच्चाहरुलाई पढाइरहिन् । यसपछि नै उनीहरुको सम्बन्धले विवाहको रुप लिएको थियो ।
The post ८०० रुपैँया कमाउने मुकेश अम्बानीकी पत्नी नीताले विवाहअघि राखेकी थिइन् यस्तो शर्त appeared first on Sajha Post.