Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

यौन शोषणबारे राधिकाले खोलिन् मुख

$
0
0

काठमाडौं, २ मंसिर । फिल्मी दुनियाँमा भइरहेको यौन शोषणका बारेमा कलाकारहरू खुलेर बोल्न थालेका छन् । हलिउडका निर्माता हार्वी वीनस्टीनमाथि यौन शोषणको अभियोग लागेपछि अभिनेत्रीहरू खुलेर बोल्न थालेका हुन् ।

हालै यही मुद्दामा बलिउड अभिनेत्री राधिका आप्टेले आफ्नो विचार राखेकी छन् । ‘जो मानिस निक्कै महत्वकांक्षी हुन्छन् उनीहरू डरका कारण केही भन्दैनन् । यसबारेमा भन्यो भने व्यक्ति शक्तिशाली छन् भन्ने डर हुन्छ । त्यसैले म भन्छु, हर कोहीले यसबारेमा कुरा गर्नुपर्छ ।’

उनले भनेकी छन् की यौन शोषण फिल्म उद्योगमा मात्र सीमित छैन । यौन शोषण अन्य ठाउँमा पनि हुने र भारतसहित विश्वभरी घरेलु महिला र बच्चा यौन शोषणमा परेको उनको दाबी छ ।

यौन शोषण महिलाको मात्र नभएर पुरूष र केटाको पनि हुने उनको दाबी छ । महत्वकांक्षाले यस्तो हुने बताउँदै उनले हर १० जनाले आवाज उठाए यौन शोषण निरूत्साहित हुने पनि बताएकी छन् । एजेन्सी

The post यौन शोषणबारे राधिकाले खोलिन् मुख appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles