Quantcast
Channel: Entertainment – Sajha Post
Viewing all articles
Browse latest Browse all 3084

नेपालमा युवा लक्षित ब्याण्ड ‘प्रोजेक्ट वान’सुरु

$
0
0

काठमाडौं, ३० कात्तिक । नेपालका चर्चित ब्याण्डका सदस्यहरु एक भई नयाँ ब्याण्डको शुरुवात गरेका छन् । राजधानीमा हालै भेला भएका उनीहरुले नयाँ ब्याण्डको रुपमा ‘प्रोजेक्ट वान’ शुरु गरेका हुन् ।

यो ब्याण्डमा मुक्ति एण्ड रिभाइभल, रविन एण्ड द न्यू रिभ्योलुसन, अभया एण्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रास्ता जस्ता युवामाझ चर्चित ब्याण्ड आबद्ध छन् । ब्याण्डवागन बाई पोजिटिभ भाइब्सले स्थापना गरेको ब्याण्डको गायन समूहमा मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य, रविन एण्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एण्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रास्ताका निरन शाही छन् ।

वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स ब्याण्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एण्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, सारंगीमा केयूका प्रोफेसर भरत नेपाली, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन् । ब्याण्डले ‘फेरी उठ्नेछ नेपाल’लाई प्रमुख नारा बनाएको छ ।

ब्याण्डवागन बाइ पोजिटिभ भाइब्स तथा ब्याण्डका संस्थापक विकेश कायस्थले आफूहरुले नेपालकै संगीतको इतिहासमा सम्भवत पहिलो पटक धेरै ब्याण्डलाई एकै स्थानमा समेटेर नयाँ ब्याण्ड शुरुवात गरेको दाबी गरे । ‘हामीले अहिले प्रारम्भिक अवस्थामा व्याण्डलाई कसरी अगाडि बढाउने भनेर योजना बनाइरहेका छौं,’संस्थापक कायस्थले भने ‘हामी ब्याण्डको पहिलो कोसेलीका रुपमा यही डिसेम्बरको पहिलो हप्तातिर एउटा एल्बम बजारमा ल्याउँदैछौं । त्यसको तयारी सुरु भइसकेको छ ।’ उनले पहिलो एल्बम निकालेपछि सन् २०१८ को जनवरीबाट देशका प्रमुख सहरमा कन्सर्ट गर्ने तयारीका साथ काम शुरु भइसकेको बताए ।

ब्याण्डको गायन समूहका सदस्य रविन एण्ड द रिभ्योलुसनका रविन तामाङले युवा बाहुल्यता रहेको ब्याण्डमा आबद्ध हुन पाउँदा खुशी लागेको बताए । ‘नेपालको लागि यो पक्कै पनि नौलो प्रयोग हो । विभिन्न ब्याण्डहरु मर्ज भएर एउटा नयाँ व्याण्ड बन्नु साँच्चै हाम्रा लागि पनि गर्वको कुरा हो ।’ रविनले भने । ब्याण्डवागन बाइ पोजिटिभ भाइब्सले विभिन्न इभेन्टको व्यवस्थापन गर्दै आएको छ ।

The post नेपालमा युवा लक्षित ब्याण्ड ‘प्रोजेक्ट वान’ सुरु appeared first on Sajha Post.


Viewing all articles
Browse latest Browse all 3084

Trending Articles