एजेन्सी, २६ कात्तिक । बाहुबली प्रभास र देवसेना अनुष्काबीचको अफेयरले बलिउडमा चर्चा पाएको छ ।
त्यस्तै हालै यी दुईको बारेमा एक नयाँ खबर बाहिर आएको छ । ७ नोभेम्बरमा अनुष्का शेट्टीले आफ्नो ३५ औं जन्मदिन मनाइन् । सोही अवसरमा प्रभासले अनुष्कालाई गिफ्टमा बीएमडब्ल्यू कार दिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यसका साथै २३ अक्टोबरमा प्रभासको जन्मदिनमा पनि अनुष्काले निकै महँगो उपहार दिएकी थिइन् ।
खबरका अनुसार उनीहरुले अफेयरबारे नबोलेपनि बिना आगो धुँवा उड्दैन भन्दै टिप्पणी हुन थालेको छ । बताइएअनुसार प्रभास र अनुष्काले एकअर्कालाई नसोधी कुनैपनि काम गर्दैनन् । हालै अनुष्कालाई करण जोहरको फिल्म कम्पनीबाट अफर आएपनि प्रभासले भनेका कारण उनले अस्वीकार गरेकी थिइन् ।
खबरका अनुसार करण जोहर प्रभासलाई पनि बलिउडमा ल्याउन चाहन्छन् । तर, उनले २० करोड पारिश्रमिक मागेका थिए । त्यसैले प्रभास र अनुष्का दुवैले करणको फिल्ममा काम गर्न चाहेनन् ।
The post प्रभासले अनुष्कालाई जन्मदिनमा गिफ्ट दिए यो महंगो कार ! appeared first on Sajha Post.