काठमाडौं, ५ असोज । हलिउडका चर्चित जोडी एन्जोलिना जोली र ब्राड पिट छुट्टिने भएका छन् । यो जोडीले आफूहरु अलग हुने निर्णय गरेका हुन् ।
एन्जोलिनाले ब्राडसँग सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गरेको उनका वकिलले जानकारी दिएका छन् । एन्जोलिनाले सोमबार सम्बन्धबिच्छेदका लागि निवेदन दर्ता गरेको वकिल रोबर्ट अफरले बताए ।
एन्जोलिना र ब्राड सन् २००४ देखि सँगै बस्दै आएका छन् । तर उनीहरुले सन् २०१४ को अगस्टमा एक निजी समारोहमा विवाह गरेका हुन् । अमेरिकी सञ्चार संस्था टिमजेडका अनुसार एन्जोलिना र ब्राड सेप्टेम्बर १५ मा औपचारिक रुपमा अलग रहने बताएको छ ।
The post छुट्टिने भए एन्जोलिना जोली र ब्राड पिट appeared first on Sajha Post.