एजेन्सी । बलिउड सुपरहिट जोडी दीपिका पादुकोण र रणवीर सिंहको लभस्टोरीको बारेमा नजान्ने सायदै कम दर्शक होलान् । यी दुईको जोडी सवैभन्दा ‘हट कपल’ को लिस्टमा पर्छन् । चाहे अनस्त्रिन हो या अफस्त्रिन हो यो जोडीलाई सबैले मन पराउँछन् ।
यो जोडीले धेरै चलचित्र पनि साथसाथै गरेका छन् र हिट पनि भएका छन् । अहिले यी दुवैको अभिनय रहेका चलचित्र ‘पद्दावती’ रिलिजकाे दिन कुरेर बसेकाे छ।
यो जोडी जहाँ जान्छन् त्यहीँ सबैको ध्यान आफूतिर खिचिहाल्छन् । यसको अलवा केहि यस्ता कुराहरु छन् उनीहरु बिचको कुरा सुनेर तपाईहरु पनि हैरान बन्नुहुन्छ । एक समय थियो त्यतिबेला दीपिका पादुकोण रणवीरलार्इ बाँदर सम्झिन्थिन् ।
एक अन्तवार्तामा दीपिकाले उनलाई ‘कसैले एकपटक रणवीरलाई बिलकुल बाँदर भनेका थिए ।’ तपाई के भन्नुहुन्छ भनेर सोधिएको थियो । जवाफमा उनले भनिन्, ‘पहिले त मलाईपनि रणवीर त्यस्तै लाग्थ्यो । जो मानिस उनलाई चिन्दैनथे उनीहरुलाई बार–बार ध्यान आफूतिर तान्न निकै कोशिष गर्थे ।’
उनले भनेकी थिइन् कि रणवीर बिलकुल बाँदरजस्तै छ , जब रणवीर ‘बैंड बाजा बारात’ मा काम गरिरहेका थिए । उनलाई पनि त्यस्तै लागेको थियो । उनलाई लाग्थ्यो कि रणवीर सधैँ ‘लाउड’मा रहन्थे ।
रणवीरलाई जे मनमा लाग्छ त्यहि भनिहाल्ने बानी भएको पनि दीपिकाले खुलासा गरेकी हुन् ।
The post दीपिकालाई रणवीर बाँदरजस्तै लाग्थ्यो appeared first on Sajha Post.