काठमाडौं, ३० असोज । बलिउड अभिनेत्री हेमा मालिनीको आज जन्मदिन हो । हेमाको जन्म तमिलनाडुको अम्मानकुडीमा १६ अक्टोबर १९४८ मा भएको थियो । उनको बाल्यकाल तमिलनाडुको विभिन्न शहरमा बित्यो ।
उनका पिता वी.एस.आर चक्रवर्ती तमिल फिल्मका निर्माता थिए । सन् १९६३ मा हेमाले तमिल फिल्मबाट आफ्नो अभिनय यात्राको शुरुआत गरेकी थिइन् । शुरुआतमा हेमा को तमिल फिल्मका निर्देशक श्रीधरले सन् १९६४ मा कुनै स्टार हुने छाँटकाँट नभएको भन्दै फिल्ममा काम गर्नबाट रोकेका थिए । तर,
हेमा मालिनीलाई पहिलो ब्रेक अनंत स्वामीले दिएका थिए । उनले हिन्दी फिल्म ‘सपनों के सौदागर’ (१९६८)बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यस फिल्ममा उनी राज कपूरका साथ देखिएकी थिइन् । त्यसबेला उनी मात्र १६ वर्षकी थिइन् । राज कपूरले उनको पहिलो स्क्रीन टेस्ट लिएका थिए । हेमा आफैं यो कुरा मान्छिन् कि आफू आज राज कपूरका कारण यो स्थानमा छिन् । हेमा मालिनी र राज कपूरको उमेरको निकै अन्तर थियो ।
राज कपूरसँग फिल्ममा काम गरेपछि हेमा मालिनीलाई देवानन्दसँग फिल्म ‘जोनी मेरा नाम’मा काम गर्ने मौका मिल्यो । यस फिल्मले त्यसबेला बलिउडमा धमाका नै मच्चाएको थियो । उनलाई पहिलो सफलता यसै फिल्मबाट मिलेको थियो । उनले पहिलो ठूलो ब्रेक रमेश सिप्पीको फिल्म ‘अंदाज’ (१९७१) बाट मिल्यो । फिल्ममा हेमाले एक विधुवाको भूमिका निभाएकी थिइन् ।
आफ्नो फिल्मी करियरको क्रममा उनले अमिताभ बच्चन, राजेश खन्ना, जितेन्द्र, संजीव कुमार र धर्मेन्द्र जस्ता सफल अभिनेतासँग काम गरिन् । सन् १९७५ मा रिलिज भएको फिल्म ‘शोले’ सुपरहिट बन्यो ।
The post यस्तो छ १६ वर्षमै बलिउडमा डेब्यू गरेकी हेमा मालिनीको फिल्मी यात्रा appeared first on Sajha Post.