एजेन्सी । बलिउड सुपरस्टार सलमान खान र क्रिकेट जगतका युवा खेलाडी विराट कोहलीको फ्यानका लागि यो एक खुशीको खबर हुनसक्छ । आ–आफ्नो क्षेत्रको चर्चित जोडी एउटा म्युजिक भिडियोमा सँगै देखिन सक्नेछन् ।
रिपोर्टका अनुसार बेल्जियन डीजे लाइक माइक र दिमित्री वेगसले यी दुई सेलिब्रेटीलाई राखेर म्युजिक भिडियो बनाउन चाहेका छन्, त्यो अनुरुप उनीहरुसँग कुराकानी भइरहेको छ–माइकले भने ।
सलमान र विराट अक्टोबरमा हुने सनबर्न फेस्टिबलको १० औं अडिसनका लागि बेल्जियम प्रस्थान गर्दैछन् । अघिल्लो वर्ष यी डीजे जोडीले गोवामा फेस्टिबलको शुरुआत गरेका थिए ।
सलमान खान र विराट कोहली दुवैले सामाजिक सञ्जाल ट्विटरमार्फत डीजे जोडीको समर्थन गरेका थिए । बेल्जियन जोडीले सलमान र विराटले समर्थन गरेकोमा खुशी व्यक्त गरेका थिए ।
The post म्युजिक भिडियोमा सँगसँगै देखिने सलमान–विराट ! appeared first on Sajha Post.