काठमाडौं, १९ असोज ।भारतीय क्रिकेटर विराट कोहलीले अनुष्का शर्माबारे नयाँ खुलासा गरेका छन् । एक शोमा कुरा गर्दै कोहलीले यस्तो खुलासा गरेका हुन् ।
अनुष्का शर्माका कारण आफू निकै असल भएको भारतीय क्रिकेटर विराट कोहलीले बताएका छन् । बलिउड अभिनेता आमिर खानको एक शोमा कुरा गर्ने क्रममा कोहलीले यस्तो खुलासा गरेका हुन् ।
गएको ३–४ वर्षमा अनुष्काले आफूलाई असल मानिस बनाएको बताएका थिए । ‘अनुष्का निकै इमान्दार छन्, उनले मेरो निकै ख्याल गर्छिन् र म निकै खुशी छु’, कोहलीले भने । आफू र अनुष्काबीच राम्रो सम्बन्ध भएको समेत बताएका थिए ।
गत केही वर्षदेखि बलिउड अभिनेत्री अनुष्का र क्रिकेटर विराट कोहलीबीचको सम्बन्धबारे भारतमा निकै चर्चा हुँदै आएको छ ।
The post आमिरका सामु कोहलीले गरे अनुष्कासम्बन्धी यस्तो खुलासा appeared first on Sajha Post.