एजेन्सी, १३ असोज । बलिउड सुपरस्टार आमिर खानले धार्मिक ग्रन्थ महाभारतमाथि फिल्म बनाउनु आफ्नो ड्रिम प्रोजेक्ट भएको खुलासा गरेका छन् । त्यसमा आफूले कृष्णको भूमिका निभाउन चाहेको समेत बताएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनले भने, ‘मलाई मनपर्ने भूमिका भनेको कर्ण हो तर म आफ्नो उचाईका कारण त्यसलाई निभाउन सक्छु कि सक्दिनँ त्यो भने थाहा छैन ।’
यद्यपी उक्त प्रोजेक्टबाट आफू डराएको आमिरले बताएका छन् । उनका अनुसार त्यस प्रोजेक्ट सम्पन्न गर्नका लागि १५-२० वर्ष लाग्छ ।
The post ‘महाभारत’बारे आमिरले गरे यस्तो खुलासा appeared first on Sajha Post.